दफा ३३
दण्ड सजाय
(१) कुनै श्रमजीवी पत्रकारले गरेको काम कारवाहीबाट सञ्चार प्रतिष्ठानलाई हानि नोक्सानी हुन गएमा सो भए गरेको मितिले तीन महिना भित्र व्यवस्थापकले नालेस गर्न सक्नेछ ।
(२) कुनै श्रमजीवी पत्रकारले जानीजानी वा लापरवाहीसाथ कुनै काम गरेकोले सञ्चार प्रतिष्ठानलाई कुनै हानी वा नोक्सानी हुन गएको ठहरिएमा त्यस्तो श्रमजीवी पत्रकारबाट भएको हानि नोक्सानीको हर्जाना भराउन लगाई निजलाई एकहजार देखि दुईहजार रूपैयाँसम्म जरिबाना हुन सक्नेछ ।
(३) कुनै व्यवस्थापकले पटक–पटक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा प्रेस रजिष्ट्रारले त्यस्तो व्यवस्थापकलाई पच्चीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम भएको सजायउपर चित्त नबुझ्ने व्यवस्थापकले त्यस्तो सजाय भएकोे मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।